नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमवार बस्दैछ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो ।
आइतवार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमवारका लागि सारिएको थियो ।
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको छ ।




















