बेलबारी ः मोरङको बेलबारी नगरपालिका १ मा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औँ साधारणसभा सम्पन्न भएको छ । आगामी कार्ययोजनासहित वार्षिक प्रतिवेदन पारित गरी नयाँ कार्यसमिति चयन गर्दै साधारणसभा सम्पन्न भएको हो ।

बेलबारी बहुमुखी क्याम्पसमा आयोजित साधारणसभाकै अवसरमा सहकारीले आफ्ना शेयर सदस्यमध्ये उद्यमी कृषक, पशुपालक तथा उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियो भने संस्थाको पूर्ववर्ती सञ्चालक सिमितिका देवेन्द्र सुवेदी पनि सोही अवसरमा सम्मानित भएका थिए ।

462171709_930769609076155_3626510365843665291_n

यसैगरी, सहकारीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने दुईजना विद्यार्थीलाई पोसाक तथा अध्ययन सामग्रीसमेत प्रदान गरेको थियो । यसैगरी, जनता आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीलाई पनि पोसाक वितरण गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कृषि सहकारी संघका केन्द्रीय सदस्य एवम् नेपाल कृषि सहकारी सङ्घ कोशी प्रदेशका अध्यक्ष खगेन्द्रराज भण्डारीले संस्था आफैँमा सबल हुने नभई सदस्यको कृयाशीलताबाट सबल बन्ने बताए । उठ्नुपर्ने बक्यौता उठ्न नसक्दा कर्मचारीले न्यून लाभांश मात्र पाएको उल्लेख गर्दै उनले सहकारीले ऋण प्रवाह गरी किसानलाई व्यावसायिक बनाउन सहयोग गर्दै आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं। ३ (ख) का कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले किसानको उत्पादन प्रयोग गरी उपभोक्ताले जीवनयापन गरिरहेको बताए । अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने किसानले सरकारका तर्फबाट पाउनुपर्ने सुविधा र सहुलियत भने पर्याप्त मात्रामा पाउन नसकेकोे धारणा राखे । आफू नगरप्रमुखका रूपमा बेलबारीमा निर्वाचित भई कार्यरत रहँदा किसानलाई मल, बिउजस्ता सामग्री उपलब्ध गराउन आफूले समन्वकारी भूमिका निर्वाह गरेको पनि सुवेदीले स्मरण गरे ।

462232895_930769612409488_2103834561323196404_n

कार्यक्रमका सभापतिसमेत रहेका साना कृषि सहाकारी संस्था बेलबारीका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले आफूले विगत ३० वर्षदेखि किसानहरूलाई आवश्यक ज्ञान, सीप र तालिम प्रदान गर्ने कार्य गर्दै आएको बताए । आफ्नो संस्थाले सामुहिक हितलाई केन्द्रमा राखेर काम गरिरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा साना किसान लघु वित्तीय संस्था शाखा कार्यालय इटहरीका प्रबन्धक सुभाव गौतम, साना कृषि सहकारी संस्था लेटाङका अध्यक्ष नगेन्द्र घिमिरे, बेलबारी नगरपालिका वडा नं. ३ का अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, बेलबारी बहुमुखी क्यम्पसका प्रमुख भुपेन्द्रप्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो ।