आज आइतबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

जसअनुसार, आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर ९२ रुपैयाँ १३ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा रहेको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा रहेको छ । सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा तोकिएको छ । 

यसको साथै, जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।