चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण गर्न आव्हान गरेका छन्।
चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरुत्थानमा लाग्न सबैलाई आव्हान गरेका हुन्।
‘यति बेला चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरुत्थानका लागि महत्त्वपूर्ण समय हो। यसका लागि जनताको बहादुरीलाई आफ्नो नमुना बनाउनुपर्छ। एकीकृत रूपमा मेहनत गरी विशाल शक्तिको विकासका लागि लाग्नुपर्छ,’ उनले भने।
उनले चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास, मानव जातिको भाग्य र उज्ज्वल भविष्य निर्माणका लागि चीन इच्छुक रहेको औँल्याए।