दशैंका लागि साना दरका नोट आजदेखि साट्न पाइने भएको छ। राष्ट्र बैंकका अनुसार दशैंका लागि असोज २२ गतेसम्म साना दरका नोट साट्न सकिने छ। 

सर्वसाधारणहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट सुकिला नोट सटही गर्न सक्नेछन्।

विगतका वर्षहरूमा जस्तो राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै भने नसाट्ने भएको छ। त्यसैले, यस वर्ष सफा र सुकिला नोट मात्रै दशैंका लागि साट्ने व्यवस्था गरिएको हो।​