लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विपद्मा परि ७२ जना बेपत्ता र र एक सय जना  घाइते भएका गृह मन्त्रालयले जनाएको छ। 

गृह मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन्। 

देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छौँ।