मोरङको ग्रामथानमा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । असोज २९ गते देखि कार्तिक ६ गते सम्म प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता २०८१  हुने भएको हो ।
प्रतियोगिता फिफाको नियम अनुसार नक–आउट फर्मेटमा हुने छ भने खेल ग्रामथान गाउँपालिका ७ गणेश मा.वि.को खेल मैदानमा हुने छ  ।
प्रतियोगिताको तयारी आयोजकले तिब्र गतीमा  अगाडी बढेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । प्रतियोगितामा मोरङ र सुनसरी गरि ८ टिमको सहभागिता रहने छ । मोरङबाट आयोजक नेताचौक टाइगर क्लब ग्रामथान, रंगशाला भेट्रान बिराटनगर, बिराट भेट्रान बिराटनगर, बोराबाध भेट्रान बेलबारी र बिराट भेट्रान बिराटचौकको टिम सहभागी रहने छ भने सुनसरीबाट राइजिङ्ग भेट्रान  इटहरी, बराह भेट्रान बरहाक्षेत्र र जनता भेट्रान सुनसरीको सहभागिता रहने छ ।  
sunita news
पत्रकार सम्मेलन मै गोलाप्रथा गरि टाई –सिट समेत निर्माण गरेको छ ।  गोलाप्रथाबाट पहिलो खेल असोज २९ गते समूह ए बाट आयोजक नेताचौक टाइगर क्लब ग्रामथान बिरुद्ध बिराट भेट्रान बिराटनगर ,दोस्रो खेल असोज ३० गते  समूह बि बाट जनता भेट्रान सुनसरी बिरुद्ध रंगशाला भेट्रान बिराटनगर, तेस्रो खेल कार्तिक १ गते राइजिङ्ग भेट्रान  इटहरी  बिरुद्ध बराह भेट्रान बरहाक्षेत्र र चौथो खेल कार्तिक २ गते  बिराट भेट्रान बिराटचौक बिरुद्ध बोराबाध भेट्रान बेलबारी बीच हुने  क्लबका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए । 
प्रतियोगिताका विजेताले  ३१ हजार रुपैयाँ , उपविजेताले २१ हजार रुपैयाँ नगद सहित , ट्रफि र मेडल प्राप्त गर्ने  छ  भने  फाइनल खेलको म्यान अफ दि म्याच हुने खेलाडीले  नगद ७ हजार रुपैयाँ , बेष्ट प्लेयर र बेष्ट किपरले जनही ५ हजार र हरेक खेलको म्यान अफ दि म्याचले  १ हजार रुपैयाँ नगद र ट्रफि प्राप्त गर्ने छन्  ।
४० वर्ष न नाघेका  भेट्रान खेलाडीहरुले मात्र भाग लिन पाउने पत्रकार सम्मेलनमा जनाएको छ । प्रतियोगितामा पशुपति बोर्डिङ स्कुल नेताचौक मुख्य –प्रायोजक  र  थारू कल्याणकारी सभा मोरङ सह –प्रायोजक रहेको छ । प्रतियोगितामा ५ लाख ५५ हजार रुपैयाँ खर्चको हुने अनुमान गरिएको छ ।