ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ। निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको हो। 

सातदोबाटोबाट गोदावरी जाने खण्डमा बा२ख ६८४८ नम्बरको बसको पछाडिको आधा भाग खाल्डोमा डुबेको थियो। भ्वाङमा परेको बसलाई केहीबेरमा खाडलबाट निकालिएको थियो।  

अविरल वर्षासँगै ललितपुरका धेरै ठाउँमा डुबान परेका छन् भने कतिपय सडक अवरुद्ध भएका छन्।