विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ ।

बिहीबार साँझ कोशी ब्यारेजमा यात्रुबाहक बस खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले पुष्टि गरे ।

उनका अनुसार विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस बिहीबार साँझ कोशी ब्यारेजमा खसेको हो ।

‘बसमा कतिजना सवार थिए भन्ने यकिन खुलिसकेको छैन, हामीले घटनास्थलबाट २० जनाको उद्धार गरेका छौ । विराटनगरबाट गाइघाट जाँदै गरेको बस आज साझँ खसेको हो । थप अनुसन्धान भइरहेको छ ।’

घटनास्थलबाट तत्काल २० जनाको उद्धार भएको उनले जानकारी दिए । बसमा कतिजना सवार थिए भन्ने यकिन भइनसकेको एसपी रेग्मीले बताए ।

साँझ ६ः०५ बजेतिर कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट बस खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।