मदन भण्डारी मेमोरियल कलेज काठमाडौँले खोज तथा अन्वेषण गर्ने बानीको विकास र सहकार्य विस्तार गर्ने उद्देश्यले शुक्रवारदेखि दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ।
तीन दिनसम्म चल्ने ह्याकाथनमा नेपाल तथा भारतका सय बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू सहभागी हुने छन्। 
ह्याकाथनमा वातावरण, प्रविधि, स्वास्थ्य र पहुँच, साइबर सुरक्षा, पर्यटन कृषि तथा वित्तीय प्रविधि लगायतका विद्यामा खोज तथा अन्वेषण सम्बन्धी प्रस्तुति रहने क्याम्पस प्रमुख डा। बाबुराम अधिकारीले जानकारी दिनुभयो। 
मदन भण्डारी मेमोरियल कलेजका अध्यक्ष महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्ययतामा हुने कार्यक्रम शुक्रवार बिहान ११ः३० बजे बाट सुरु हुने छ।
प्रतिस्पर्धामा ६ ओटा विभिन्न विधामा आधारित रही विजेताहरू चयन गरिनेछ। सहभागीहरूले ३ देखि ४ जनाको समूहमा रही आ–आफ्नो समूहगत खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्नेछन्। विधागत ६ वटै समूहका विजेताहरुलाई रु १०,००० र सर्वोत्कृष्ट हुने एक समूहलाई नगद ५०,०००सहित प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले बताउनुभयो।
प्रतिस्पर्धाको पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।