नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंहले मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सही नेतृत्व नगर्दा निर्माण क्षेत्र अस्तव्यस्त भएको बताएका छन्। 
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिंहले नेतृत्व गर्नेहरु गैरजिम्मेवार हुँदा निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताएका हुन्। 
उनले भने, ‘मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सही नेतृत्व नगरेको र कर्मचारी आफूले जिम्मेवारी बहन नगर्दा समस्या आयो। कर्मचारीहरु कुनैपनि कारबाहीको भागेदार हुनु नपर्ने अवस्थाले पनि निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्त भएका छन्।’
साथै उनले  सरकारले अहिलेसम्म निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको बताए। उनले सरकारले भुक्तानी दिन नसकेकाले नयाँ टेण्डर निकाल्न नहुने बताए।