जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी  नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ। कोसी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदिममा सोमबार जुलुस निकालेको हो। 
पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरु जुलुसमा सहभागी भएका थिए। जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशीता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो। 
जसपा नेपालले कोसी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको छ।
जिल्ला समन्वय समितिकोको सभा हलमा जसपा नेपालले आजै आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ।