मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाको लागि माग गर्दै राष्ट्रिय नागरिक श्रमिक महासङ्घले विरोध प्रदर्शन गरेको छ। 
सोमबार माइतीघर मण्डलमा महासङ्घले प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो।
प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो।
जिल्ला अदालत काठमाडौँले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो। आइतबार उनकै निवासबाट साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधवार प्रसाईंसहित तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो।