गायिका पूर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित भएकी छन्। 
‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट गायिका लामाले आधुनिक तथा पप गायिका विद्याबाट सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गर्न सफल भएकी हुन्।  
नवदुर्गा पार्टी भेन्यु सुकेधारास्थित आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ समारोहकाबिच उनी  सम्मानित भएकी हुन्।  
नेपाली गीत सङ्गीत क्षेत्रमा लामाले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजक कमिटीद्वारा लामालाई खादामाला लगाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो। 
डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा सात सय बढी गीत सार्वजनिक भएका छन् । 
उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन्। सङ्गीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन्, ‘गीत सङ्गीतको ज्ञान सदाबहार चाहिन्छ। बिना अध्ययन र ज्ञान सङ्गीत अधुरो छ।’