झापाको हल्दिबारी–३ रमाईलो चोक बस्ने ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैंयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको तथा एउटा बाछा समेत जलेर घाइते भईको छ ।

घरमा भण्डार गरी राखिएको धान, चामल, मकै, गहुँ पूर्ण रुपमा नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी मेहेगी ल्वामु तामाङले जानकारी दिइन् । 

भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, स्थानीय मानिसहरूको सहयोगमा बिहान ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन नसकेको तामाङको भनाई छ ।