जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन्। 
प्रहरी हिरासतबाट मङ्गलवार बिहान भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो।
फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमित कुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रञ्जित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ। 
त्यस्तै, धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालिका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएको धनुषा प्रहरीले जानकारी दिएको छ। 
फरार भएकाहरू मध्येबाट एक जनालाई प्रहरी पक्राउ गरेको छ। प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ। अन्य फरारहरूको खोजी कार्य भने जारी रहेको प्रहरी प्रवक्ता अवाले बताए। 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रञ्जन अवाका अनुसार थुनुवाहरुले सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन काटेर उनीहरू भागेको हुन्।