सहकारी बचत रकम हिनामिना प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन्।
उनलाई प्रहरीले काठमाडौँबाट आइतबार पक्राउ गरेको हो। जोशीलाई पोखरास्थित सूर्य दर्शन सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने भएको छ। सूर्य दर्शनको ठुलो रकम गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा हालिएको थियो।
गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिना सम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री लेखकले आइतबार मात्रै प्रहरीलाई निर्देशन दिएका थिए। उनको निर्देशन लगत्तै छवि समातिएका हुन्।