अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मलेन असोज १० गते देखि १४ गतेसम्म हुने भएको छ। 

यसअघि सम्मेलन असोज २ देखि ५ गते सम्मको लागि तोकिएको थियो। तर तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको जनाइएको छ। 

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने छन्। सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ।

सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ। सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले गर्ने तय भएको छ।