चितवनस्थित मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ।

ना ६ ख ६२८३ नम्बरको ट्रक आइतवार बिहान त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले जानकारी दिए। 

‘सिमलतालबाट ट्रक खसेको छ। तर त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ,’ उनले भने। 

यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए। बसका ६२ जना यात्रुहरूमध्ये २४ जनाको मात्र शव भेटिएको थियो।

तीनजना भने पौडिएर बाँच्न सफल भएका थिए। खसेका बस फेला परेका छैनन्।