नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको र दलालहरुको नियन्त्रण जाने टिप्पणी गरेका छन्। 

आइतबार माओवादी नेता पोष्ट बहादुर बोगटी ‘दिवाकर’को १०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओायजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनता र समाजवादउन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको बताए। 

उनले भने, ‘अब दलाल तथा नोकरशाही पूँजीवादका विरुद्धको संघर्ष, बिचौलियाहरु विरुद्धको संघर्ष मुख्य भएर जान्छ। त्यसो गर्न सकिएन भने यो गणतन्त्र बिचौलियाहरुको गणतन्त्र हुन्छ, दलालहरुको हुन्छ, राज्य दोहन गर्नेहरुको हुन्छ। तत्कालिन अध्यक्ष कमरेड नेतृत्वको सरकारले सुशासन र गणतन्त्र रक्षाको अभियानलाई अगाडि बढायो। यसले माओवादी कुन कित्ताको भनेर छ्ट्याएको छ। माओवादी जनता, समाजवादउन्मुख गणतन्त्रको पक्षको हो भन्ने पुष्टि गर्यो।’

‘प्रचण्ड’ नेतृत्वको सरकार गठबन्धनमा बनेको हुनाले आफ्नो धारमा काम गर्न नसकिएको पुनको स्विकारोक्ति थियो। 

विचार र राजनीति सहि भयो भने मात्र पार्टी र सगठन बलियो हुने उल्लेख गर्दै उनले माओवादी आज देशको एक नम्बर पार्टी भएको दाबी गरे। 

‘समावेशी लोकतन्त्र, धर्म निरपेक्षतासहित यहाँका विविधताहरुलाई समावेशी सहति अगाडि बढ्ने पार्टी हो माओवादी केन्द्र माओवादीको विचारले आज देश अगाडि बढेको छ। शक्ति गणितीय रुपले कहिले तलमाथि हुनसक्छ। तर विचार र राजनीति सहि भयो भने संगठन र पार्टी बन्छ। यसमा माओवादी आज एक नम्बर पार्टी हो,’उनको भनाइ थियो।