जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खेसेको छ। फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको हाइसमाथि बिजुलीको पोल खसेको हो।

दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। उक्त माइक्रोबसमा १८ जना विद्यार्थी सवार थिए।

नेपाल प्रहरी र ललितपुरको महानगर प्रहरीले पोल पन्छाएर बाटो खुलाएको छ।