मोरङ कानेपोखरी गाँउपालिका वडा नं. ७ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना महिलालाई पक्राउ गरेको छ।
मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बस्ने बर्ष ३७ की सबिता तामाङलाई कानेपोखरीबाट करिब २८ ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले चेकजाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित नियन्त्रणमा लिएको हो।




















