अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वतीको उपचारको क्रममा बिहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ।

विभिन्न दीर्घरोगबाट पीडित आमाको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो। बिपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कन बीचमै छाडेर काठमाडौँ आएका थिए। अभिनेता कार्कीको आज जन्मदिन पनि रहेको छ।