सुनसरीको गढीमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। दुईदिनअघि (भदौ ३) मा सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ थलाहामा स्थानीय ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो।

टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नको खोजी गरिएको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरिएको हो।

उनले कोदालो (फरुवा)ले पटकपटक प्रहार गरी टाउको छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा प्रहरीले कुकुरसहित अनुसन्धान सुरू गरेको छ। प्रहरीकाअनुसार ज्ञानचन्दले भाडामा सञ्चालन गर्दै आएको रिङ उद्योगभित्र रहेको टिनको टहरामा चन्दन राति सुत्दै आएका थिए।

तर, ज्ञानचन्दले त्यहाँ सुत्न नदिएपछि रिसाएका चन्दनले राति निदाएको बेलामा फरुवाले घाँटी काटेर ज्ञानचन्दको हत्या गरेर टाउको अन्तै लगेर फालिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।