अभिनेत्री रेखा थापा बुधबार आफ्नो जन्मदिन सेलिब्रेसन गरिरहेकी छन्। साथीभाइ, कलाकर्मी, समकक्षी र फ्यानबाट उनलाई सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना मिलिरहेको छ। 

एक समय नेपाली फिल्म उद्योगमा राज गर्न सफल उनका लागि आज दोहोरो खुसी छ। एकातिर उनको जन्मदिनका दिन उनले छोरी वैभवी राज्यलक्ष्मी शाहको अन्नप्राशन समेत गरेकी छन्।

पशुपतिमा अन्नपूर्णदेवीको पूजा गर्दै छोरी वैभवीको अन्नप्राशन गरेकी हुन्। त्यहाँ उनले दिनभर अन्नपूर्ण भन्डारा समेत राखेकी छन्। 

‘चारै ढोकाबाट पशुपतिको दर्शन गराउँदै त्यहाँको भट्टबाट समेत छोरी र आफूलाई आर्शिवाद लिएँ’, रेखाले भनिन् ‘भन्डारा चलाउनुको उद्देश्य निःसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् हो।’ तडकभडकभन्दा यो तरिका राम्रो भएको उनको भनाई छ।