उपराष्ट्रपति रामसहाय यादवले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सबैजना सक्रियताकासाथ लाग्न जरुरी रहेको बताएका छन्। 

सोमबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्धारा राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको भन्दै यस सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको लागि सबैजना थप सजकता र सक्रियताकासाथ लाग्न जरुरी रहेको बताएका हुन्। 

उनले भने,‘सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको छ। सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सम्बन्धित सबैले थप सजकता तथा सक्रियताकासाथ अधिकतम प्रयासमा लाग्न जरुरी छ।’ 

उपराष्ट्रपति यादवले सूचनाले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्नका साथै आम जनतालाई सरकारको कामबारे जानकारी प्रदान गर्ने भएकाले जनता र सरकार दुवैमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

सूचनाले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउने मात्र नभई भ्रष्टाचार र अनियमितताई कम गर्र्न पनि उनको भनाई छ। 

उनले भने,‘सूचनाको हकले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्दछ। आम जनतालाई सरकारले कसरी काम गरिरहेको छ भन्ने जानकारी यसबाट प्राप्त गर्न सकिन्छ। यसले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही मात्र बनाउँदैन, भ्रष्टाचार र अनियमितताहरुलाई कम गर्न पनि सघाउँछ।’