सुनसरीमा एक जनाको विभत्स हत्या भएको छ। गढी गाउँपालिका–६ घर भएका ४६ वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। 

सोही गाउँपालिका–२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने ऋषिदेवको आज बिहान टाउको र शरीर छुट्टाछुट्टै बालुवामा छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए।

उक्त घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भिम दाहालले पुष्टि गरेका छन्। नियन्त्रणमा लिएको व्यक्तिले लगाएको कपडामा रगत लतपतिएको छ। उनको नाम भने अहिले गोप्य राखिएको छ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।