राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन बाँधेका छन्। उनीहरूले सोमबार जनै पूर्णिमाको दिन रक्षाबन्धन बाँधेका हुन्।

राष्ट्रपति पौडेलले शीतल निवासमा पण्डित अर्जुनप्रसाद न्यौपानेको हातबाट रक्षाबन्धन बाँधेको सचिवालयले जनाएको छ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रक्षाबन्धन ग्रहण गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित कार्यालयमै बाँधेका हुन्।

ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा सोमबार दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गरेको सचिवालयले जनाएको छ।