भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। मन्त्री भएपछि डा.राणा पहिलो पटक विदेश भ्रमणमा निस्किएकी हुन्।
सोमबार दिउँसो भएको भेटका क्रममा जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए। भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो।
भारतीय विदेशमन्त्री एस।जयशङ्करको निमन्त्रणामा मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो। राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छन्।