राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपाल ले ललितपुरमा‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको छ।

सोमबार विश्व फोटोग्राफी दिवसको अवसरमा ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसँग सम्बन्धित‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको हो। 

Photo (10) 48ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उदघाटन गरेका थिए।प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसँग सम्बन्धित तस्बिरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए।

Photo (13) 44एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा मनाउँदै आइरहेको छ। अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रर्वद्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्बिरहरू प्रदर्शनीमा राखिएको थियो।

पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू बिस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। 

Photo (11) 49