एक र्षमा नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार  गत आर्थिक वर्ष २०८०।८१ मा उक्त रकम भित्रिएको हो। 

विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि पनि भएको छ। गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो।