निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुनेक्रम जारी छ । फिल्मका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु फाइनल गरेको निर्माणपक्षले थप दुईजना कलाकारहरु फाइनल गरेको हो ।

एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।

dipa-and-saroj

यही फिल्मबाट आठ वर्षपछि महानायक राजेश हमाल कमव्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किँने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । 

क्याप्टेनपछि दिवाकरको फिल्ममा सरोजले अभिनय गर्न लागेका हुन् । फिल्ममा हमालपछि यसअघि नै निती शाह, सनिशा भट्टराई अनुबन्धित भइसकेकी छन् । सनिशाको यो दोस्रो फिल्म हो । उनको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।