बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ ।

शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेका छन् । 

जसपा नेपालले भदौ ९ गते काठमाडौंस्थित काठमाडौं ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ । पार्टीका अध्यक्ष यादवले एक कार्यक्रमकाबीच अभियानको उद्घाटन गर्ने तयारी छ । 

जसपाले आफ्ना चारसय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणको लागि खटाएको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई अभियानको अनुगमनकर्ता बनाउने भएको छ ।