झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो बेलुका मोरङको कानेपोखरी गाउँपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले BR 38L9309 नम्बरको भारतीय मोटरसाईकल चालक २४ वर्षीय मिथलेस कुमार मण्डल, मोटरसाईकल पछाडी सवार रहेका २६ र्षीय भस्कर कुमार शर्मा र २५ र्षीय सौरव कुमार पासवानको साथबाट १० ग्राम ७०० मिलीग्राम ब्राउन सुगर फेला पारी तीनै जनालाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, प्रहरी चौकी तोपगाछी झापाबाट खटिएको प्रहरी टोलीले कमल गाँउपालिका-२ का ३८ र्षीय जगत धिमाल र कमल गाउँपालिका-३ का ३५ र्षीय कमल गुरुङलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, गाँजा १०० ग्राम र नगद १२ हजार ६०० रुपैँया सहित सोही स्थानबाट पक्राउ गरेको हो।

यसका साथै प्रहरी चौकी लेगुवा धनकुटाबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-२ का ३० र्षीय संगम राईलाई लागुऔषध गाँजा ४६० ग्राम, प्रतिबन्धित औषधी Tramadol २६ क्यापसुल र coliban २८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले BR11T1600 नम्बरको बेवारिसे अवस्थामा रहेको गाडी चेकजाँच गर्दा उक्त गाडी भित्रबाट २ सय २० किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको हो। बरामद भएका लागुऔषध र पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ।