सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा गएको हिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ

हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ।

दूधकोशी नदीमा आएको बाढीले केही घर र होस्टेल समेत बगाएको प्रहरीले जनाएको छ। थामेमा ४० घरको बस्ती छन् तर अहिले सबै घरमा परिवार भने नरहेको प्रहरीले जनाएको छ।

क्षति विवरण भने संकलन गरिने क्रम जारी रहेकाले घट्ना बारे विस्तृत विवरण आउन बाँकी छ। 

हिम पहिरोको फुटेर बाढी आएको भनियतापनि के कारण बाढी आयो भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन्।