खोटाङको रावाबेशी गाउँपालिका-३ स्थितमा पहिरोले पुरिएर स्थानीय ६० वर्षीया साबित्रा देबि नेवारको मृत्यु भएको छ। हिजो विश्वज्योति उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षिकाको विद्यालय जाने क्रममा बाटो माथिबाट खसेको पहिरोले पुरेर घटनास्थलमानै मृत्यु भएको थिय।

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।