नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९ सय  रूपैयाँले घटेको हो।

बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ४९ हजार  ६ सय  रूपैयाँमा कारोवार  भैइरहेको छ।

यसैगरी,आज चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ७ सय ६० रुपैयाँमा कारोवार भैइरहेको छ।