बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिएर ज्यान गुमाएका स्कुटर चालक आफ्नी बहिनी भएको बताउने युवा प्रकाउ परेका छन्।

दोलखाका ती युवकलाई भक्तपुर प्रहरी परिसरले बिहीबार राति नै पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका-४ का ३० वर्षीय शम्भु नेपालीलाई पक्राउ गरिएको हो। अब नेपालीविरुद्ध मुद्दा चलाउन लागिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका नेपालीलाई ठिमी प्रहरी बृत्तको हिरासतमा राखिएको छ। मृतकलाई उनले किन र कसरी आफ्नी बहिनी भएको दाबी गरे भन्ने नखुलेको प्रहरीले जनाएको छ।

नेपालीले बिहीबार जस्तै पहिले पनि पटक-पटक बहिनीको मृत्यु भएको हल्ला फिँजाउने गरेको खुलेको छ।