जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ। 

हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो।

समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा. के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन्।  

केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सङ्घर्ष समिति गठन गरेको हो।