एनप्याब्सन बेलबारीको आयोजनामा बुधबार बेलबारीमा पालिका स्तरीय  हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

बेलबारी नगरपालिका वडा नं.३ अवस्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगितामा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले प्रमुख आथितिको भूमिका निर्वाह गरेका थिए भने एनप्याब्सन बेलबारीका अध्यक्ष पर्वत खालिङ्ग राई कार्यक्रमको अध्यक्षतामा ग्रहण गरेका हुन्। 

एनप्याब्सन मोरङले आउदो श्रावन २६ गते आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगितामा सहभागीहरुको टुंगो लगाउन आजको प्रतियोगता आयोजना गरिएको एनप्याब्सन बेलबारीका अध्यक्ष राईले जानकारी दिए। आजको प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने विद्यालयले भाग लिन पाउने राईको भनाई छ । np1

प्रतोयोगीतामा सम्बोधन गर्दै प्रमुख अथिति दिल प्रसाद राईले छनौट नहँुदा दुःख नमान्न सुझाव दिँदै  आफ्नो कमजोरीको खोजी गरि त्यसलाई सुधार गर्न विद्यार्थीलाई सुझाएका हुन्। 

प्रतियोगिताका बिशिस्ट अथिति एनप्याब्सन मोरङका अध्यक्ष नारायण प्रसाद ढकालले विद्यार्थीहारुको चौतर्फी ज्ञानलाई कसरी विकास गरेर लैजाने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए। उनले अन्तराष्ट्रिय  विद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्न आफ्ना विद्याथी तयार पार्नु आजको आवश्यकता रहेको औल्याउँदै त्यसो गर्न नसक्दा विद्यार्थीहरु खुम्चेर बस्नु पर्ने अवस्था रहेको उल्लेख गरे ।np3

प्रतियोगितामा मध्यामिक तह तर्फ मोरंग ज्ञानोदय ई स्कुल प्रथम, कसेनि मोडल ई स्कूल दोस्रो र मोरङ चिनारी ई स्कुल तेस्रो  भएका थिए । त्यस्तै 

आधारभुत तर्फ डेल्टा इ सकुल प्रथम , मोरंग ज्ञानोदय दोस्रो र कसेनि मोडल तेस्रो भएर जिल्लामा हुने प्रतियोगिताका लागि छनौट भएका हुन् ।

प्रतियोगितामा  एनप्याब्सन मोरङ अध्यक्ष नारायण ढकाल, एनप्याब्सन कोशी प्रदेश सहसचिव कमल खनाल, एनप्याब्सन मोरङ सचिव अनिरुद्र चौधरी ,बेलबारी नगरपालिका शिक्षा शाखा प्रतिनिधि सुशील बोहोरा लगायतको उपस्थितिमा रहेको थियो।