कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन्। उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन्।

स्नेहा पेसाले नर्स हुन्। उनले भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह गरेका हुन्। उनीहरूको मागी विवाह भएको बताइएको छ।

घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेका हुन्।

बलेका सहकर्मी हरिस निरौला ‘कक्रोज’ भन्छन्, ‘कपनबाट जन्ती लिएर भक्तपुर आएका हौं। हतारको बिहे भएकाले थोरै उपस्थित छौं।’