काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने भएका छन्। 

राष्ट्रपति पौडेलले आज साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन्। 

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार नै आह्वान गरेका थिए। 

सोअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका थिए। 

आज नियुक्तिको प्रक्रिया अघि बढे पनि प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहणको कार्यक्रम भने सोमबार बिहान ११ बजे रहेको छ।