काठमाडौँको बुढानीलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका घर भएर बुढानीलकण्ठ बस्ने ३४ वर्षीय श्याम बहादुर घले र १९ वर्षीय सुजन तामाङ छन्। 

बुधबार बिहान उनीहरुले बुढानीलकण्ठ नगरपालिका–३ स्थित रुद्रेश्वर चोकको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। 

उनीहरूको साथबाट प्रहरीले फलामको रड बरामद गरेको छ। घटनाबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ।