अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ-८ घर भई हाल तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर-४ घर भई हाल तारकेश्वर बस्‍ने सुरेश अधिकारी रहेका छन्।

उनीहरूलाई प्रहरी गोंगबु एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

एसपी अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजे गोंगबुबाट हात्तिवनसम्‍म ३५ वर्षीय अनु गुरूङ र उनका साथीहरू ३ जना अफलाइन राइडरसँग चढेका थिए। तर जाने क्रममा कान्तिपथ नजिकै दुर्घटना भई उपचारका क्रममा मृत्यु भएको प्रहरीको आरोप छ। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।