कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर सात महिनाको शिशुको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार राति सुतिरहेका बेला सात महिनाका सोनु धानुकको ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

यसैगरी, बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएका छन्। प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ।