तेस्रो कार्यकाल प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रसिया भ्रमणमा निस्किएका छन्।

नयाँ दिल्लीबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उनले सामाजिक सञ्जाल एक्समा निकट मित्र भ्लादिमिर पुटिनसँग आपसी सहयोगको अवस्थाबारे समीक्षा गरिने बताएका छन्।

स्कोतिर उड्नुअघि उनले आफ्ना मित्र राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गर्न उत्सुक रहेको बताएका छन्। रूसका अलावा मोदी अस्ट्रिया भ्रमणमा पनि जाने छन्।

मोदी सोमबार मस्कोतिर जानुअघि अमेरिकासँग भारतको सम्बन्ध चिसिँदै गएको छ। अमेरिकाले कयौँ भारतीय हिरा व्यापारीको अर्बौं डलर रुपैयाँ फ्रीज गरिदिएको छ। यसका कारण दुई देशबीचको सम्बन्धमा तनाव देखिएका बेला मोदी रूस निस्किएका हुन्। उनी मस्कोबाट सिधै अस्ट्रियाको भियान पुग्नेछन्।