सप्तकोशीमा पानीको बहाब घटेको छ। सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्बाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो। 

सप्तकोशीका यस अघि सबै ५६ वटै ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ।

सप्तकोशीमा पानीको बहाव घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ।