पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको निधन भएको छ। उनको निधन भक्तपुर अस्पतालमा भएको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार थापाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन्।

उनको शव पोष्टमार्टम गरेर शनिवार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।