शुक्रबारदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् भने सिद्धार्थ राजमार्ग, बीपी राजमार्ग, हेटौँडा–काठमाडौँ सडकखण्ड, बेँसीसहर–चामे सडक, घोराही–तुलसीपुर सडक पहिरोले अवरुद्ध भएका छन्।