मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका-११ का २२ र्षीय शिव शंकर यादव, राजगढ गाउँपालिका-३ का २० र्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका-१ का २५ र्षीय रन्जित कुमार यादव,विराटनगर-१६ का ३० र्षीय जनार्दन यादव, २६ बर्षीय सिकिन्दर यादव र सप्तरी नर्घो घर भई विराटनगर १५ मा बस्दै आएका ३३ र्षीय संजिव कुमार मण्डल रहेका छन।

असार १९ गते अपरान्ह विराटनगर-१५ स्थित रहेको सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले घर कोठा खानतलासी गर्दा मोवायल १६ थान, विभिन्न बैंकको ATM-४४ थान, भारतिय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १९ थान, विभिन्न बैकको चेक २८ थान, विभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाईकल ३ थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैया सहित पक्राउ गरेको हो। पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ।